बाँकेमा बस दुर्घटना :१४ घाइते
२०७६ मंसिर २ गते

मंसिर १, बाँके । सोमबार बिहान बाँकेको राप्ती सोनारी गाँउपालिका–१, कुसुममा ना५ख ६४४९ नम्बरको बस दुर्घटना दुर्घटना भएको छ ।
दाङको तुल्सीपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको बस बिहान ९ बजे दुर्घटनामा हुँदा बसमा सवार १४ जना घाईते भएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा परी गम्भिर घाईते भएका रुकुमको चौरजहारी नगरपालिका १३ का ५३ वर्षीय दलबहादुर मल्ल र दाङको दंगीशरण गाउँपालिका–६ की ७२ वर्षीया विष्णु कुमारी नेपालीको अवस्था भने चिन्ताजनक रहेको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार चालकले बसलाई नियन्त्रण लिन नसक्दा सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुन पुगेकाे हाे । घटनाबारे अनुसन्धान भईरहेको र दुर्घटनामा परी घाइते भएका सबलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज, बाँके पठाईएको प्रहरीले जानकारी दिएका छन् ।
२०७६ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित








