चिसो मौसमबाट बच्चालाई कसरी जगाउने ?

मसिंर ३ बिराटनगर । मौसम परिवर्तनको क्रमसंगैँ जाडो बढदै छ । यो मौसममा अधिकांश बच्चाहरुलाई निमोनिया, रुघाखोकी जस्ता समस्याहरुले सताउने गर्दछ । अन्य उमेर समुह भन्दा पनि अधिकांश बच्चामा उक्त रोगसगँ लड्ने क्षमता कमभएकाले अधिकांश यस्ता खाल्का समस्याबाट बच्चाहरु संक्रमित हुने गर्दछन् ।   

चिसोबाट बच्चाहरुलाई कसरी सुरक्षित राख्ने  भन्ने विषयमा रहेर विराटमेडिकल कलेज शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा. मनिष शाहसँग मकालु खबरले गरेको कुराकानी । 

बच्चालाई चिसाे माैसममा कसरी जोगाउने ? 

– यो चिसो मौसममा बच्चालाई URTI, ( रुघाखोकी)  भाईरल ईन्फेक्सनका कारणले चाँडै संक्रमित, हुने गर्दछ । कोहि मानिस रुघाखोकिबाट संक्रमित छन भने उक्त व्यक्तिले बच्चाको बरपर नरहने । 

– बाहिरबाट आए पश्चात बच्चालाई बोक्दा हात राम्रो सँग धुएर मात्र बोक्ने  गर्नु पर्दछ ।  बच्चाको पनि हातहरु साथै शरिर सफा पानि र कपडाले सफा गर्दिरहने । 

– अधिकांस बच्चाहरुलाई चिसो लाग्छ भनेर घर भित्र बन्द कोठा मा राख्ने गर्दछौ त्यस्ले अझ नकारात्मक असर पार्दछ । त्यसैले  बच्चालाई कोठामा राख्दा झयाल, ढोका खुल्ला पारेर राख्ने साथै बाक्लो लुगा लगाइदिनु पर्दछ । बच्चाको सही रेखदेख नै उनीहरुलाई सिचो साथै विभिन्न समस्याबाट जोगाउन सकिन्छ । 

बच्चा बिरामी भएको कसरी थाहा पाउने ? 

– बच्चाहरुको  रोगसँग लड्ने शक्ति अलिक कम विकसित हुने भएकाले  उनीहरुलाई चिसो मौसममा URTI, ( रुघाखोकी ) पटक पटक देखापर्ने गर्दछ र यसको आधारमा बच्चलाई चिसो लागेको भन्ने बुझिन्छ । 

– उनीहरुको दैनिकीमा परिवर्तन आउने गर्दछ जस्तै बच्चाले स्वास, प्रश्वास कसरी लिईरहेका हुन्छन् ।  साना बच्चाले १ मिनटमा ५० पटक भन्दा बढी स्वास फेरेको छ भने  निमोनियाको लक्षण हुन सक्दछ । त्यो भन्दा कम छ भने निमोनिया नभएर रुघाखोकी मात्र हुनसक्छ । 

– रुघाखोकीसँगै ज्वरो आउन सक्छ, दिसापिसावमा खराबी जस्तै झाडापखाला अथवा वान्ता गर्ने  जस्ता लक्षणहरु देखा पर्दछन् ।  ६ महिनाभन्दा मुनीका बच्चाहरुले नाकबाट स्वासप्रश्वास लिने भएकाले उनीहरुको नाक बन्द हुँदा राती सुत्न समस्या हुने गर्दछ । त्यसैले ६ महिना भन्दा कम बच्चाहरुको नाक सफा राख्नुपर्दछ । 

सचेत कसरी रहने ? 

जाडो समयमा बच्चालाई कति आमाहरुले  धेरै बाक्लो लुगा लगाइ दिने गरेको पाइन्छ । त्यस्तो  गर्नाले बच्चाहरुलाई असहज हुने र निसासिने जस्ता समस्याहरु हुने गर्दछ । विभिन्न विज्ञहरुको खोज अनुसन्धानले बच्चालाई बाक्लो लुगा नलगउन नै भन्ने गरेको पाइन्छ । बच्चालाई सहज हुने किसिमका लुगा लगाईदिने जस्तैः तिन तहमा लुगा लगाई दिने सूरुमा पातलो भोटो जस्तो । दश्रो र तेश्रो अलिक सहज मोटो लगाईदिए बच्चालाई चिसो लाग्दैन । 

खानामा के  खुवाउने ? 

-इदि बच्चाहरुमा चिसोको एलर्जी छ भने  चिसो खान नदिने । अरु कुनै खाने कुराबाट एलर्जि छ भने त्यस्ता चिज खान नदिने ।   

– अमिलो, पिरो खाननदिने । तातो जाउलो, सुप, साथै गेडागुडीको झोल  खुवाउने ।   

– तत्काल नै बच्चालाई एन्टिवाइटिक नखुवाउने । 

– सामान्यतय बच्चाहरुमा मौसम परिवर्तनसगैँ स्वास्थ्यमा तलमाथी भै नै रहन्छ । तर साधारण रुघाखोकीको समस्या हुँदा कतिपय अभिभावकहरुले बच्चालाई नजिकको औषधी पसल लग्ने र बच्चालाई एन्टिबाईटीक चलाउने गरेको पाइन्छ । 

– बच्चालाई तत्काल एन्टिवाइटीक  जस्ता औषधी चलाउन राम्रो होईन । भोलीका दिनमा एन्टीवाइटिक चलाएका बच्चाहरुलाई नकारात्मका असर पर्न जान्छ । जस्का कारण एन्टिबाइटिक रेसिसटेन्ट भएर कडा खालकोे औषधीचलाउनुपर्ने  अवस्था सृजना हुन्छ । 

– रुघाखोकी लागेका बच्चाहरुलाई ५ दिन सम्म पर्खेर सामान्य औषधी प्रयोग गर्नुपर्दछ तर ६ महिना भन्दा कमका बच्चालाई भने सकभर चाँडै नजिकको अस्पतालमा जाँचगर्न लैजाने । 

विराट मेडिकल कलेज शिक्षण अस्पतालले बच्चाको स्वास्थ्य क्षेत्रमा कस्तो सेवा दिदैँ आईरहेको छ ? 

– विराट मेडिकल कलेजमा   स्वस्थ्य जाँच गर्न आउने बच्चाहरु निमोनिया र रुघाखोकीका साथ आउने  दुई थरीका छन्  । 

– एउटा एमर्जेन्सीमा र अर्को ओपिडि जाँचका लागी आउने गर्दछन् । ओपिडिमा आउने बच्चाहरुलाई साधारण औषधी दिएर केहि दिन पश्चात पुन स्वास्थ्य परिक्षणका लागि अस्पतालमा बोलाउने गर्दछौ । भने एमर्जेन्सीमा आएका बिरामीलाई वार्डमा राखेर, आई सि यु, एनआई सि यु मा राखेर उपचार गर्ने गरेका छौ । 

– बिराट मेडिकल कलेज शिक्षण अस्पतालले बिरामीको अवस्था हेरेर औषधी चलाउने र स्वास्थ्य सम्बन्धी परामर्श दिने गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =