टुरिस्ट बसपार्कको बम काण्डमा विप्लवका ब्यूरो सदस्य पक्राउ

कार्तिक २२, कास्की । हालसालै कास्कीमा पड्किएको बम काण्डको आरोपमा तत्कालीन विप्लव समूहका एक सदस्यलाई पक्राउ गरिएको छ ।   

पक्राउ पर्नेमा स्याङ्जा घर भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन गण्डक ब्यूरो सदस्य विनोद सोनाम रहेको प्रहरीले जनाएको छ । 

उनीमाथी उपनिर्वाचन नजिकिँदै गर्दा कास्कीको जिल्ला निर्वाचन कार्यालय नजिकै निर्माणाधीन टुरिस्ट बसपार्कमा बिस्फोट गरेको आरोप छ । केही समय अगाडीमात्र आफूले विप्लव समूह त्याग गरेको घोषणा गरेका सोनामलाई  बिहिबारराती पोखरा १६ दीप जोगमणिमार्गस्थित उनकै डेराकोठाबाट नियन्त्रणमा लिईएको कास्की प्रहरीले जनाएको छ । 

Image result for पक्राउ

हाल उनीमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *