डेपुटी गभर्नरमाथि छानबिन गर्न समिति गठन

कार्तिक १८, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न समिति गठन गरिएको छ ।   

गभर्नर डा. चिरञ्जीवी नेपालको अध्यक्षतामा सोमबार बसेको राष्ट्र बैंकको बोर्ड बैठकले ३ सदस्यीय छानविन समिति गठन गरेको हो ।   

डेपुटी गभर्नर श्रेष्ठ माथि छानविन गर्न राष्ट्र बैंक सञ्चालक समिति सदस्य श्रीराम पौड्यालको संयोजकत्वमा गठित ३ सदस्यीय समितिमा राष्ट्र बैंकका सञ्चालकद्वय सुवोधकुमार कर्ण र रामजी रेग्मी सदस्य छन् । 

छानबिन समितिले ३० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । सोही प्रतिवेदनका आधारमा श्रेष्ठमाथि आवश्यक कारवाही अघि बढाइने जानकारी दिइएको छ ।   

श्रेष्ठ २०७२ फागुनमा नेपाली कांग्रेस कोटामा डेपुटी गभर्नर बनेका थिए । श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको, एनसेल लाभकर विवाद, व्यवसायी अजेय सुमार्गीले विदेशबाट ल्याएको विवादास्पद रकम फुकुवामा सहयोग गरेको, बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सहयोग गरेको लगायतका आरोप छन् । 

राष्ट्र बैंकले सोही विषयमा छलफलका लागि आज (सोमबार) पनि सञ्चालक समितिको बैठक बोलाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *