५ लाख घुस लिन खोज्ने मालपोत प्रमुख अख्तियारको फन्दामा

मंसिर ६, सिरहा । शुक्रबार बिहान जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख घुससहित रंगेहात पक्राउ परेका छन् ।   

५ लाख रुपैयाँ घुस लिदैँ गरेको अवस्थामा त्यस कार्यालयका प्रमुख रामबाबु मण्डललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।   

सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले  प्रमाण माग गरेपछि सेवाग्राहीले मालपोत कार्यालयमा त्यससम्बन्धी कागज माग गर्दा सो कागज दिए बापत ५ लाख मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख सह–सचिव नारायणप्रसाद सापकोटाले जानकारी दिएका छन् । 

Image result for सिराहाका मालपोत प्रमुख ५ लाख घुससहित पक्राउ

पक्राउ परेका मण्डलमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =