आतङ्क फैलाउने जासुस भएको भन्दै पाकिस्तानले समात्याे दुई भारतीय नागरिक

मंसिर ३, काठमाडौं । पाकिस्तानी अधिकारीले सोमबार दुई भारतीय नागरिकलाई गिरफ्तार गरेका छन् । मिडिया रिपोर्ट अनुसार यी भारतीयमाथि अवैध तरिकाले पाकिस्तानमा प्रवेश गरेको आरोप छ । 

गिरफ्तार गरिएका भारतीयहरुको नाम प्रशान्त (मध्य–प्रदेश निवासी) र दारीलाल (तेलंगाना) बताइएको छ । 

जियो न्युजका अनुसार दुवै भारतीय नागरिकलाइ पञ्जाब प्रान्तको बहावलपुरमा गिरफ्तार गरिएको थियो । पक्राउ पर्दा तीसँग कुनै काुननी कागजात थिएन । 

Image result for पक्राउ

प्रहरीका अनुसार दुवै विरुद्ध मुद्दा दर्ता गरिएको छ । गिरफ्तार गरिएको एक भारतीय सफ्टवेयर इन्जिनियर रहेको पाकिस्तान प्रहरीले जानकारी दिएको छ ।   

पाकिस्तानी प्रहरीका अनुसार तिनलाई पाकिस्तानमा आतंकवादी आक्रमण गर्नको लागि पठाइएको थियो । 

गत अगष्टमा पनि प्रहरीले पञ्जाव प्रान्तमा एक भारतीय जासुसलाई गिरफ्तार गरेको थियो । 

ती व्यक्ति गाजी खान सहरबाट पक्राउ परेका थिए । राजू लक्ष्मण नाम खुलाइएको ती व्यक्तिलाई लगतै गुप्तचर एजेन्सीको जिम्मा लगाइएको थियो । उनलाई बलूचिस्तान प्रान्तबाट पाकिस्तान प्रवेश गर्ने क्रममा पक्राउ गरिएको थियो । 

राजू लक्ष्मण नामका व्यक्तिलाई पक्राउ गरिएकै ठाँउबाट पाकिस्तानले कुलभूषण जाधवलाई पक्राउ गरेको पाकिस्तानले जनाएको छ । 

जाधव अवकाशप्राप्त सैनिक हुन् । उनलाई पाकिस्तानको सैन्य अदालतले जासूसी र आतंकवादको आरोपमा मृत्युदण्डको सजाय सुनाएको थियो । 

अदालतले सन् २०१७ अप्रिलमा उक्त सजाय सुनाएपछि भारत यो मुद्दा लिएर अन्तर्राष्ट्रिय अदालत गएको थियो । 

अन्तर्राष्ट्रिय अदालतले आफ्नो फैसलामा कुलभूषण जाधवको मृत्युदण्डमा रोक लगाएको थियो । अदालतले कुलभुषणलाई कन्सुलर एक्सेस (पहुँच) दिन निर्देशन दिएको थियो । एजेन्सी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eight =