सीमा विवादबारे शशांक भन्छन्– प्रधानमन्त्रीको प्रतिबद्धतामा कांग्रेसको समर्थन छ

मंसिर ४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली भू–भाग कालापानी र लिपुलेक नेपालको भएको भन्दै कुनै पनि हालतमा छोड्न नहुने बताएका छन् ।   

बुधबार विराटनगर पुगेका उनले पत्रकारहरुसँगको कुराकानीमा कालापानी, लिपुलेक नेपालले कुनैपनि हालतमा नछोड्ने बताएका हुन् ।   

उनले भने, ‘कालापानी नेपालको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भूभाग एक इन्च पनि नछाड्ने प्रतिबद्धता जनाउनु भएको छ । यसमा नेपाली कांग्रेसको पूर्ण समर्थन छ ।’ 

Image result for महामन्त्री डा. शशांक कोइराला

महामन्त्री कोइरालाले पार्टीभित्रका विवादका विषयमा पनि मुख खोले । नेपाल विद्यार्थी संघमा अब हुने अधिवेशनपछि मात्र उमेरको हद लागू हुने विधानमा उल्लेख भएको स्पष्ट पार्दै उनले कांग्रेस एक भएर अघि बढ्नुपर्ने समय धारणा राखे ।   

काँग्रेसको आउने महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने कुरामा आफूले अहिले नै निश्चय नगरेको बताए ।   

रौतहटका नेपाली काँग्रेस नेता अफताव आलमको विषयमा भने उनले बोल्न चाहेनन् । मुद्दा न्यायालयमा गएकोले केही बोल्नु उपयुक्त नहुने उनको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *