बलिउड अनिल कपुर भन्छन् सलमान र आमिर देखावटी हुन्

  

मंसिर ८, भारत ।  भारतको ५० औं अन्तर्राष्ट्रिय फिल्म महोत्सव मा अनिल कपुर र अनिल बज्मीले पनि भाग लिए । उक्त महोत्सवको तोस्रो दिन टिस्का चोपडाले अनिल कपुरसँग एक विशेष साक्षात्कार गरेकी छिन् ।  

टिस्काले अनिललाई कुराकानीकै क्रममा सोध्छिन्, ‘फिल्मी क्षेत्रका कलाकारले थोरै सफलता हाँसिल गरेपछि, घर, गाडी खरिद गरेपछि कामलाई हल्का रुपमा लिन्छन्, तपाईंलाई के लाग्छ, यस्ता कलाकार को को हुन् ?’ 

Image result for salman anil with amir khan

प्रश्नको जवाफमा अनिल कपुरले भने, ‘तपाईंको कुरामा म सहमत छु, यस्ता थुप्रै कलाकार छन् जो राम्रो काम गरेपछि अल्छी हुन्छन् । सायद उनीहरु धेरै क्षमतावान् भएकाले पनि धेरै मेहनत गर्न नपर्ने हुनसक्छ । अब आमिर खानलाई नै हेर्नुहोस्, आमिर खानले आफूलाई अल्छी भन्छन्, तर यस्तो पटक्कै होइन, यो उनको चाल हो, देखावटी हो ।’ 

‘जानी जानी आफूलाई यति अल्छी भन्छन् कि उनको कुरा सुनेर अन्य कलाकारमाथि पनि यसले असर पुर्याउँछ । अरु कलाकार आमिर खानको कुरा सुनेर अल्छी हुन थाल्छन् । उनीहरु यस्तो सोच्न थाल्छन् कि आमिर खान अल्छी हुँदा पनि यस्तो राम्रो काम गरिरहेका छन् त्यसैले आफूलाई पनि अल्छी हुन छुट छ । यस्तो कुराहरु देखाउनका लागि मात्रै हुन् । वास्तवमा त आमिर खान सबैभन्दा धेरै मेहनत गर्छन्, अत्यधिक सोच्छन् र असाध्यै धेरै काम गर्छन् ।’ 

यसै प्रश्नको जवाफमा अनिल कपुरले आफ्ना विशेष साथी सलमान खानको देखावटीबारे पनि कुरा गर्दै भने, ‘म तपाईंलाई सलमान खानको कुरा भन्छु । कहिलेकाँही जब म सलमानसँग विमानमा यात्रा गरिरहेको हुन्छु तब सलमानको के बानी छ भने खाना आएपिच्छे उनी खान्छन् । सुरुमा खाना, त्यसपछि केही, त्यसपछि आइसक्रिम पनि । यस्तो गरेर मैले पनि असाध्यै खाओस् भनेर उनले मलाई प्रभावित पार्ने कोसिस गर्छन् ।’ 

‘वास्तवमा के हो भने उनले यस्ता खाना निकै धेरै दिनपछि खाइरहेका हुन्छन् तर अरु कलाकारलाई यस्तो लाग्छ कि उनी हरेक दिन यस्ता खाना खान्छन् र यति ह्यान्डसम छन् त्यसकारण उनीहरुले पनि खान सक्छन् । सलमानले अन्य नायकले पनि यस्तै खाना खाएर आफ्नो शरीरलाई भद्दा बनाउन् भन्ने सोच्छन् । यो सबै काम निकै योजनाबद्ध ढङ्गले हुन्छ ।’ एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *