६७ वर्षीय सिंह प्रसादले भित्र्याए २१ वर्षीय दुलही, यसकारण विवाहका लागि राजी भइन् पूजा

मंसिर १०, इलाम । इलामका चुलाचुली गाविसका सिंह प्रसाद लिम्बुले आफू भन्दा ४६ वर्ष कान्छी श्रीमती विवाह गरेका छन् ।   

६७ वर्षीय लिम्बुले २१ वर्षीय पूजा लिम्बुसँग विवाह गरेका हुन् । पुजा भन्छिन्, ‘पहिला उहाँले नै विवाहको प्रस्ताव गर्नुभयो । भर्खरका ठिटोहरुले त छोडी हाल्छन् । बृद्धले छोड्दैनन् भन्ने सुनेकी थिएँ । त्यसैले विवाह पक्का गरेँ ।’ 

पुजाले यसो भन्दा उनका श्रीमान् केवल हाँसी मात्रै रहेका थिए । उनले सोल्टिीनी भनेर जिस्क्याउने गर्थे पूजालाई । उनलाई पुजाले मान्छिन् भन्ने लागेको थिएन । तर पनि विवाह गर्ने प्रस्ताव राख्दा पुजाले मानिहालिन् । त्यसपछि उनले आफ्नो घरमा भित्र्याए ।   

उनको एउटा हात अलि कमजोर छ तर घरको काम सबै गर्छिन् ।   

सिंह प्रसादको पुजा अगाडी नै चार विहाह गरिसकेका छन् । कसैले छोडेर हिँडे त कसैको मृत्यु भइसकेको सिंह प्रसाद बताउँछन् । पुजा उनकी ५ औं श्रीमती हुन् । उनीहरु आउँदो पुष महिनामा विवाह दर्ता गर्दैछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *