राजपा नेपालको जिल्ला अधिवेशन सुरु

कात्तिक ३०, विराटनगर । राष्ट्रिय जनता पार्टी नेपाल, मोरङको प्रथम जिल्ला अधिवेशन शनिबार विराटनगरमा शुरु भएको छ । 

अधिवेशनमा केन्द्रीय तथा जिल्ला तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । केन्द्रीय सर्कुलर अनुसार प्रत्येक जिल्लामा राजपाको अधिवेशन भइरहेको मोरङ अध्यक्ष मोहम्मद कादिरले बताए ।   

यसअघि चक्रिय प्रणालीमा नेतृत्व छनौट हुँदै आएकोमा अब उप्रान्त पार्टीले एकल नेतृत्वमा जाने निर्णय गरेको कादिरले बताए । 

२ दिन सम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । पार्टीको जिल्ला तहमा अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षकालागि निर्वाचन गर्ने प्रावधान छ । नयाँ नेतृत्वका लागि सहमति खोज्न प्रयास गरिने तर हुन नसके लोकतान्त्रिक प्रक्रिया अपनाएर निर्वाचन गरिने जिल्ला समितिले जनाएको छ । 

अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य भोगेन्द्र यादव, तरवेज हक र जिल्ला संयोजक जगरनाथ प्रसाद राजवंशी सहित नेपाली कांग्रेसका नेता सलिम अंसारी लगायतको उपस्थिति थियो ।  राष्ट्रिय पर्वका कारणले अध्यक्षको चक्रिय प्रणालीमा तालमेल नमिलेको र व्यक्तिगत स्वार्थले थोरै तलमाथि भएको राजपा नेपालका जिल्ला अध्यक्ष मण्डलका सदस्य रामनन्द साहले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *