८ दिन देखी बाथटबमा फसेकी वृद्धाकाे उद्दार

मंसिर १० ।  ब्रिटेनमा एक वृद्ध महिला आठ दिनसम्म बाथटबमा फसेको घटना सार्वजनिक भएको छ । पुलिसका अनुसार उनको घरमा खाना पुर्‍याइदिने युवक (डेलिभरी ब्वई) को आधारमा घरको खोजी गर्दा ती वृद्धाको उद्दार गरिएको हो । 

ती वृद्धा घरमा एक्लै बस्ने गरेको बताइन्छ । पुलिसले उनको नाम सार्वजनिक गरेको छैन । 

विल्टशायर फर्म फूडका लागि काम गर्ने डेलिभरी ब्वइले भने, ‘वृद्ध महिला उनको नियमित ग्राहक हुन् तर उनले पछिल्ला केही दिनदेखि केही पनि अर्डर गरेकी थिइनन् । त्यसैले मलाई शंका लाग्यो । मलाई लाग्यो कि महिलामाथि केही गलत भएको छ ।’ पुलिसले दिएको जानकारी अनुसार घटना गत हप्ताको हो । 

Image result for वृद्धा

बाथटबबाट उठ्न असमर्थ थिइन्ः 

पुलिसका अनुसार वृद्धा गहिरो बाथटबबाट बाहिर निस्कन सकिरहेकी थिइनन् । उनको स्थिती स्थिर थियो तर उनी अत्यधिक भोको थिइन् । आठ दिनसम्म उनले पानी मात्र पिएर आफूलाई बचाइन् । पुलिसले उनलाई तत्काल अस्पताल भर्ना गरे जहाँ उनको स्थिती स्थिर बताइएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *