संघीयताको अनुभुती गर्न समय लाग्छ: मुख्यमन्त्री पौडेल


मंसिर ८, चितवन । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले संघीयताको अनुभती गर्न अझै दुई तीन वर्ष लाग्ने बताएका छन् । जिल्ला समन्वय समिति महासंघ प्रदेश ३ को प्रदेश भेलालाई आईतवार सम्बाेधन गर्दै मुख्यमन्त्री पौडेलले अझै सक्रमणकाल रहेकाले संघीयताको अनुभती गर्न समय लाग्ने बताएका हुन् ।
सक्रमणकालको अन्त्य हुन सकेको छैन् मुख्यमन्त्री पौडेलले भने प्रदेश सरकार नयाँ संरचना भएकाले केही काम गरेन भनेर आलोचना गर्ने बेला होईन, समय कुर्नु पर्छ । प्रदेश सरकार गठन भएको दुई वर्ष मात्र भएको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले अवको दुई तीन वर्षमा धेरै कामको अनुभती समेत जनताले गर्ने विश्वास व्यक्त गरे ।
समय र परिस्थितीले गर्दा सक्रमणकाल देखिएको छ उनले भने – एकै पटक परिवर्तन हुदैन, आत्तिने बेला छैन् । प्रदेशमा कर्मचारी अभाव रहेको र संघले ऐन नियमका लागि स्पष्ट निर्देश गर्न नसक्दा संघीय सरकारको संरचना अनुसार चल्नु पर्ने उनको भनाई थियो ।
उनका अनुसार अहिले प्रदेश सरकारसंग ४५ प्रतिशत मात्रै कर्मचारी रहेका छन् । प्रदेश सरकारले धेरै राम्रा योजनाहरु कार्यान्वयन गरिरहेको भन्दै मुख्यमन्त्री पौडेलले समय कुर्नु पर्ने दोहोर्याए । मुख्यमन्त्री पौडेलले स्थानीय तहलाई कमजोर बनाउने पक्षमा आफु नरहेको बताए । उनले जिल्ला समन्वय समितिलाई प्रभावकारी रुपमा योजना अनुगमन तथा समन्वयका लागि ऐन नियम वनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए । प्रदेश भेला १३ वुँदे घोषणा पत्र जारी गर्दै आईतवार सकिएको जिल्ला समन्वय समिति चितवनका प्रमुख समेत रहेका प्रदेश महासंघका प्रवक्ता कृष्णकुमार डल्लाकोटीले बताए ।
जिल्ला स्थित संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरुलाई अनुगमन, समन्वय, निर्देशन आदि कार्यका लागि स्पष्ट कानूनी व्यवस्था हुनु पर्ने लगायत १३ वुँदे घोषणा पत्र जारी गरिएको डल्लाकोटीले वताए । जिल्ला समन्वय समिति महासंघ प्रदेश ३ का अध्यक्ष एवंम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको भेलामा प्रदेशका १३ जिल्लाका जिसस प्रमुख, उपप्रमुखहरुको उपस्थिती रहेको थियो ।
