त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने

कात्तिक २९, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने भएको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद स्वदेश फर्किने क्रममा अपराह्न चार बजेर ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म अन्य विमान उडान बन्द गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । 

उनी आजै बंगलादेश फर्किने कार्यक्रम रहेपनि त्यसअघि चन्द्रागिरि हिल्स र पाटन दरबार स्क्वायर अवलोकन गर्ने कार्यक्रम तय भएको छ । यसअघि राष्ट्रपति हमिदले भक्तपुर दरबार स्क्वायर र पोखराका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण अवलोकन गरिसकेका छन् । उनी बिहीबार पोखरा भ्रमण गरि काठमाडौँ फर्केका हुन् ।   

नेपाल भ्रमणका क्रममा राष्ट्रपति हमिदले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवालगायत सँग शिष्टाचार भेट गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *