नर्सले औंला काटेपछी नवजात शिशुकाे मृत्यु

  

कार्तिक २६, भारत । भारतको उत्तर प्रदेशस्थित सरकारी अस्पतालामा नर्सले एक नवजात शिशुको औंला काटिदिइन् जसका कारण बालकको मृत्यु भएको छ । 

सरकारी अस्पतालमा जन्मिएका ती बालकको हातमा ६–६ वटा औंला थिए । नर्सले नवजात शिशुको एक–एकवटा औंला काटिदिएलगत्तै बालकको स्थिती बिग्रन थाल्यो र उनको मृत्यु भयो । बालकका पिताले स्वास्थ्यकर्मी विद्या देवीविरुद्ध मुद्दा दर्ता गरेका छन् । 

Image result for नवजात शिशुकाे मृत्यु

भारतीय मिडियामा प्रकाशित जानकारीका अनुसार शनिबार राती लक्ष्मी नामकी महिलालाई प्रसव पीडा भएपछि सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी) मा भर्ना गरिएको थियो । आइतबार बिहान लक्ष्मीले छोरा जन्माइन् । 

लक्ष्मीका श्रीमान्ले महिला स्वास्थ्यकर्मी विद्याले बालकको औंला काटिदिएपछि मृत्यु भएको आरोप लगाएका छन् । 

पुलिस अधिकारी आलोक प्रियदर्शीले महिला स्वास्थ्यकर्मीविरुद्ध मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । यसका साथै डाक्टर एसके रावतले बालकको औंला काट्नका लागि परिवारको सहमती लिए नलिएको भन्दै अनुसन्धान गरिने बताए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =