पञ्चाङ्ग र राशिफलः आजको तपाईँको भाग्य यस्तो छ

मंसिर ७, काठमाडौँ l वि.सं. २०७६ मंसिर ७। शनिबार। इ.स. २०१९ नोभेम्बर २३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष।  

द्वादशी, २६:२५ उप्रान्त त्रयोदशी। नक्षत्र– हस्त, १४:०४ बजेउप्रान्त चित्रा। योग– प्रीति, ९:३९ बजेउप्रान्त आयुष्मान्। करण– कौलव, १५:३२ बजेदेखि तैतिल, २६:२५ बजेउप्रान्त गर।  

आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– कन्या, २५:१८ बजेउप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ६:३२ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी ९ पला। वैष्णवहरूको उत्पत्तिका एकादशी व्रत। द्विपुष्कर योग १४:०४ देखि २६:२५ बजेसम्म। 

null

आजको राशिफल 

मेष  

शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । 

मिथुन 

आज सामान हराउन सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त संग मनमुटाव बढ्ला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । 

सिंह 

धर्म,कर्ममा रुचि, शुभ समाचार सुन्न पाइएला । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । 

तुला 

अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । 

धनु 

 रोकिएका काम पुनः सुरु हुन सक्छन् । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । 

कुम्भ 

मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । 

बृष 

लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । स्वास्थ्य सबल रहनेछ । 

कर्कट 

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । 

कन्या 

कन्या ९टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । 

बृश्चिक 

आजको दिनमा दिन भोजभतेरमा सहभागी हुनुपर्ला । हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । 

मकर 

आज धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । 

मीन 

चिताएको कामले तीव्रता लिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *