१३ औँ सागः पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरियो

२०७६ मंसिर १४ गते

मंसिर १४, काठमाडौँ । १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आज भएको अन्तिम खेलमा नेपाल भारतसँग ३–० ले पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा भारतले नेपाललाई शुरुआतदेखि दबाबमा राखेको थियो । भारतले पहिलो सेट २५–१५ अङ्कले, दोस्रो सेट २५–१३ ले तथा तेस्रो सेट २५–१६ अङ्कले जितेको हो ।
यसअघि नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ३–२ ले पराजित भएको थियो । भारत समूह ‘ए’को विजेता तथा बङ्गलादेश उपविजेता बन्दै सागको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

२०७६ मंसिर १४ गते
प्रतिक्रिया
सम्बन्धित