यस कारण भयाे अक्षय कुमार र रोहित शेट्टीबीच झगडा

कार्तिक २८, भारत ।  बलिउड अभिनेता अक्षयकुमार अहिले फिल्म ‘सुर्यवंशी’को छायांकनमा व्यस्त छन् । यो फिल्मलाई रोहित शेट्टीले निर्देशन गरेका छन् । अक्षयले सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेका छन् । जसमा अक्षय र निर्देशक रोहित शेट्टी एक आपसमा झगडा गरिरहेका छन् । उनीहरुको बचाउमा प्रहरीसमेत आएको देखाइएको छ । 

उक्त भिडियो सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बनेको छ । अक्षयले भिडियो मजाकमा बनाएका हुन् । यो भिडियोमा कट्रीना कैफले मोबाइलमा एक अंग्रेजी वेवसाइडको समाचार हेर्छिन् । जसमा अक्षय र रोहित शेट्टीबीच झगडा भएको खबर सार्वजनिक गरिएको छ । यसै खबरलाई प्रमाणित गर्न अक्षय कुमार र रोहित शेट्टी एक आपसमा मजाकमा झगडा गर्छन् । अक्षयले भिडियो सार्वजनिक गर्दै लेखेका छन्, ‘ब्रेकिङ न्युजः एउटा यस्तो झगडा जसले तपाइको दिन बनाउन सक्छ ।’ 

करण जोहर र रोहित शेट्टीले निर्माण गरेको फिल्ममा अक्षयसँगै कट्रीना कैफ मुख्य भूमिका रहेको छ । साथै फिल्ममा अजय देवगन र रणवीर सिंह पनि देखिदैछन् । यो फिल्म आगामी मार्च २७ मा प्रर्दशन हुँदैछ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *