म्याग्दीमा बस दुर्घटना हुँदा चारको मृत्यु, १८ घाइते

कात्तिक १७, म्याग्दी । म्याग्दीमा बस दुर्घटना हुदाँ चारजनाको मृत्यु भएको छ । म्याग्दीको मालिका गाँउपालिका ७ बिममा आइतबार बेलुका ग १ ख ४४७६ नम्बरको बस दुर्घटना भएको हो । 

दुर्घटनामा परि १८ जना घाइते भएका छन् । दरवाङ बजारदेखि बिम जाँदै गरेको बस सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक ध्रर्व शर्माले जानकारी दिए । मृतकहरुको सनाखत भएको छैन ।  

स्थानीय रुटमा चल्ने उक्त बस साँझ बिमको घुम्तीमा मोड नपुग्दा सडकबाट तल खसेको प्रहरीको आशंका छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *