कपिलले अक्षयलाई भने ‘तपाईंको भन्दा मेरै अघि आउँछ ‘गुड न्यूज’’

कार्तिक २९, भारत ।  अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ क्रिसमसको मौकामा रिलिज हुनेछ । यो फिल्ममा उनीसँग करिना कपुर, दिलजीत दोसांझ र कियारा आडवाणी पनि देखिनेछन् । 

अक्षय कुमारले यो फिल्मको पहिलो पोस्टर सेयर गरेका छन् । उनले सेयर गरेको यो पोस्टरमाथि निकै प्रतिक्रिया आइरहेका छन् । भारतका हास्यकलाकार कपिल शर्माले पनि ट्वीटमार्फत् आफ्नो प्रतिक्रिया दिएका छन् ।  

अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ को पोस्टर सेयर गर्दै कपिल शर्माले लेखे, ‘बधाई छ । पोस्टर निकै राम्रो देखिएको छ तर मेरो गुड न्यूज तपाईंको भन्दा अघि आउँछ । अल द बेस्ट टीम गुड न्यूज ।’ 

Related image

कपिल शर्माले यसो भनेर गुड न्यूज फिल्म रिलिज अगावै उनको सन्तानको जन्म हुने बताएका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =