उपनिर्वाचनको चुनावी सुरक्षा, धमाधम पक्राउ पर्दै विप्लव कार्यकर्ता

मंसिर ४, तुलसीपुर । उपनिर्वाचन नजिकिँदै गर्दा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको छ ।   

यही मंसिर १४ गते क्षेत्र नं ३ को (ख) सहित ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । 

उपनिर्वाचनलाई मध्यनजर गर्दै दाङमा प्रहरीले सक्रियता अगाडी बढाएको हो ।  मंगलबारमात्रै दाङको बबई गाउँपालिका वडा नं २ ट्वाङखोला बस्ने ४८ वर्षीय रणबहादुर वलीलाई नियन्त्रणमा लिएको छ ।   

Image result for पक्राउ

सोही ठाउँमा हिँड्डुल गरिरहेको अवस्थामा मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए।   

वली विप्लव समूहका जिल्ला कमिटी सदस्यसमेत रहेका छन्। प्रहरीले चार दिनको अवधिमा सो समूहका चार नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ।   

  

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + sixteen =