रत्नपार्कको टहरामा तालाबन्दी

कार्तिक २९, काठमाडौँ । शुक्रबार दिउँसो रत्नपार्कमा गुठीको जग्गा अतिक्रमण गरी पसल राख्न बनाइएको टहरामा  तालबन्दी गरिएको छ । 

सम्पदा बचाउ अभियानका अभियान्ताहरु काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीको उपस्थितीमा तालाबन्दी गरेका हुन् ।   

गुठीको जग्गा अतिक्रमण गरी एक रोपनी जग्गामा टहरा बनाएर मासिक ७ लाख रुपैयाँ आउने गरी ३५ वटा कपडा पसललाई भाडामा लगाइएको थियो । अभियान्ताहरुले अतिक्रमण हटाएर रत्नपार्क खुला र सफा राख्न माग गर्दै तालाबन्दी गरेको बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *