मन्त्रिमण्डल फेरबदल समाचारप्रति प्रचण्ड सचिवालयको आपत्ति

मंसिर ३, काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले मन्त्रिमण्डल फेरबदलबारे विभिन्न भ्रामक समाचारहरु आइरहेको भन्दै आपत्ति जनाएको छ ।   

मंगलबार  प्रचण्डको सचिवालयले एक विज्ञप्ती जारी गर्दै आपत्ती जनाएको हो  । सो विषय प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्राधिकार भएको सचिवालयको भनाइ छ । 

जारी गरिएको विज्ञप्तीमा भनिएको छ ‘‘मन्त्री मण्डल फेरबदलको विषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको विषय रहेको कुरा अध्यक्ष प्रचण्डले बारम्बार जोड दिइरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौँ । ’   

Image result for पुष्पकमल दाहाल ‘प्रचण्ड’

सोमवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा  मन्त्रिमण्डल परिवर्तनबारे ओली र प्रचण्डबीच छलफल भएको थियो । यसै सम्बन्धमा  बुधबार नेकपा केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ र  सोही बैठकमा मन्त्रिपरिषद पुनर्गठनको टुंगो लाग्ने जनाईएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =