रोनाल्डोको ह्याट्रिकमा लिथ्वानियालाई ६-० ले हराउँदै पोर्चुगल विजयी

कात्तिक २९, एजेन्सी । युरोकप छनोट अन्तर्गत जारी खेलमा लिथ्वानियालाई ६–० ले हराउँदै पोर्चुगल जित हात पारेको छ । यो जितसँगै पोर्चुगल युरोकप छनोट नजिक पुगेको छ । पोर्चुगलको जितका लागि क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक समेत गरे ।   

सातौँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेर पोर्चुगललाई अग्रता दिलाएका रोनाल्डोले पुनः २२औँ मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर बनाउन सफल भए  । खेलको ६५ औँ मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गरी ६ गोलमध्ये ३ गोलको योगदान गरे ।  

यसअघि खेलको ५२औँ मिनेटमा पिज्जीले गोल गरेका थिए भने ५६ औँ मिनेटमा गोन्कालो पासिन्सिया र ६३औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गरी पोर्चुगलका लागि ६ गोलले जिताउन सफल भए । यो जितसँगै पोर्चुगलले समूहमा १४ अंक बनाएको छ । यो समूहमा सर्विया तेस्रो स्थानमा छ । सर्वियाले लग्जम्बर्गलाई ३–२ ले हराएर १३ अंक जोड्दै सर्विया तेस्रो स्थानमा पुगेको छ । 

null

समूहमा युक्रेन १९ अंक बनाउँदै छनोट भइसकेको छ । अन्तिम खेलमा सर्वियाले युक्रेनसँग र पोर्चुगलले लग्जम्बर्गसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *