नियमित बालबालिकालाई मसाज गर्दा यतीधेरै फाईदा, मसाज गर्दा यी कुरामा ध्यान दिनुस्

मंसिर १ ।  भनिन्छ, जब आमाले आफ्नो बच्चाको मसाज गर्छिन्, उक्त स्पर्शले बच्चालाई सुखद अनुभूति दिलाउँछ । साथै सुरक्षाको महसुष पनि गराउँछ । हामीकहाँ बच्चालाई तेल लगाएर मसाज गरिदिने चलन छ, यसले बच्चाको शारीरिक बिकासमा फाइदा गर्छ । 

–     यदि बच्चालाई नियमित रुपले मसाज गरियो भने रोग लाग्ने संभावना कम हुन्छ । 

–     जुन नवजात शिशुलाई हरेक दिन राम्ररी मसाज गरिएको हुन्छ, उनीहरु स्वस्थ्य, बलियो हुन्छ । साथै सुचारु रुपले शरीरको विकास पनि हुन्छ । 

Related image

–     एक राम्रो बेवी आयलले मसाज गर्दा बच्चालाई आरम र खुसी मिल्छ । यसका साथै राम्ररी निन्द्रा पनि लाग्छ । उठेको बेला ताजा एवं स्फूर्ति महसुष गर्छन् । 

–     मसाज एक राम्रो व्यायाम पनि हो । यसले बच्चालाई भावनात्मक सुरक्षा पनि मिल्छ । 

–     मसाजले बच्चाको सानोतिनो रोग त्यसै हट्छ । जस्तो कि, बच्चाको पेटमा ग्यास हुनु, निन्द्रा नलाग्नु, पाचन क्रिया कमजोर हुने जस्ता समस्या हट्छ । 

–     मसाजको समय सफाईको पनि ख्याल राख्नुपर्छ । 

–     यदि बच्चाले दुध पिएको छ वा पेट भरिएको छ भने तुरुन्तै मसाज गरिदिनुहुँदैन । 

–     तीन-चार महिनाको बच्चालाई नुहाइदिनुअघि उसको सबै अंगमा बेबी आयलले मसाज गरिदिनुपर्छ । 

–     मसाज गरिसकेपछि चिसो मौसममा तातो पानीले, गर्मीमा सामन्य पानीले र बर्षाको मौसममा मनतातो पानीले नुहाइदिनुपर्छ । 

–     मसाज गरेको समय लोरी गाउनु राम्रो हुन्छ, यसले बच्चाले मसाजको पुरा आनन्द उठाउन सक्छ । 

कसरी गर्ने ? 

–     बच्चालाई मसाज गर्दा जहिलो पनि दाहिने खुट्टाबाट सुरु गर्नुपर्छ । शिशुको खुट्टालाई दुबै हातको बिचमा दबाएर रगड्नुपर्छ । 

–     ध्यान राख्नुपर्छ कि, मसाज गरेको समयमा दुबै औंलाको एकै रिदम मिल्नुपर्छ । 

–     बच्चाको औंलाको पनि मसाज गर्नुपर्छ । 

–     मसाज गर्दा ध्यान राख्नुहोस् कि, तपाईको हात चिसो हुनुहुँदैन र हल्का ढंगले मसाज गरिदिनुपर्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *