बिरामीलाई बलात्कार गर्न खोज्ने मेडिसिटीका चिकित्सक पक्राउ

मंसिर ९, काठमाडौँ । प्रहरीले बिरामीलाई बलात्कार गर्न खोजेको आरोपमा ललितपुरको मेडिसिटी अस्पतालका एक चिकित्सकलाई पक्राउ गरेको छ ।   

पक्राउ पर्नेमा  चिकित्सक रोहितकुमार झा रहेको प्रहरीले जनाएको छ ।  ललितपुर प्रहरी परिसरका अनुसार पक्राउ परेका झाले आईतबार उपचारका लागि अस्पताल गएकी एक युवतीलाई  बलात्कारको प्रयास गरेका थिए । 

पिडित भनिएकी ती युवतीले चिकित्सक झाले आफूलाई बलात्कार गर्न खोजेको बयान दिएपछी पक्राउ गरिएको परिसरका  डिएसपी सन्तोष तामाङले  जानकारी दिएका छन् ।   

Image result for ललितपुरको मेडिसिटी अस्पताल

हाल पक्राउ परेका झा माथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *