दालमोटको प्याकेटमा लागूऔषधः एक पक्राउ

मंसिर ४, जनकपुरधाम । प्रहरीले शंका लागेर चेकजाँच गर्दा धनुषाको धनौजी गाउँपालिका वडा नं ४ भडरीयाबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।   

धनुषा प्रहरीका अनुसार  धनुषाधाम नगरपालिका वडा नं ५ उमाप्रेमपुर घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ कद चौकमा डेरागरी बस्ने २३ वर्षीय चन्देश्वर महतो लाई पक्राउ गरिएको हो ।   

पक्राउ परेका महतोले दालमोटको प्याकेटमा राखेको नाईट्रोभेट टयाव्लेट ५७०, ज्याकेट भित्र राखेको ३०, दुवै खुट्टाको जुतामा राखेको ९०० गरी १५०० नाईट्रोभेट ट्याव्लेट लुकाई राखेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले जनाए । 

Image result for पक्राउ

प्रहरीका अनुसार हाल उनलाई  जिल्ला अदालत धनुषाबाट लागुऔषध शीर्षक मुद्दामा म्याद थपगरी आवश्यक अनुसन्धान सुरु गरिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *