एन आई सी एशिया बैंक र UnionPay International को सुरुवात

कात्तिक १९, काठमाडौं ।  एन आई सी एशिया बैंकले UnionPay International को सहकार्यमा NIC ASIA UnionPay Virtual Card को प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्रणालीको शुरुवात गरेको छ ।   

सो सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवासँग एकिकृत गरी छिट्टै ग्राहकहरु सामु लैजाने योजना बनाएको छ । साथै, यस सुरुवातले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुदृढिकरण हुने विश्वास बैंकले लिएको छ ।   

नेपाल सरकारबाट घोषित पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस सम्झौताले नेपालमा आगन्तुक पर्यटकहरुलाई उक्त झुक्तानी प्रणालीको प्रयोगबाट वस्तु तथा सेवा खरिदको भुक्तानीमा सहज हुने विश्वास लिइएको छ । UnionPay International ले विश्वभरका १७५ भन्दा बढी मुलुकहरुमा भुक्तानी सेवा बिस्तार गर्नुका साथै ८ अर्ब भन्दा बढी कार्ड जारी गरेकोे छ । 

एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र UnionPay International का अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा UnionPay Virtual Card  शुरु गरीएको हो । उक्त कार्यक्रममा UnionPay International र एन आई सी एशिया बैंकका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *