झापा जिप्रकामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

  

कार्तिक १८, काठमाडौं । प्रभु बैंकले झापा जिल्लाको भद्रपुरनगरपालिका चन्द्रगढिस्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।   

झापा स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरको आज झापा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकृत कृष्ण कुमार निरौलाले एक समारोहका बिच उद्घाटन गरे ।   

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् ।   

प्रभु बैंकले १९६ वटा शाखा कार्यालय, १५२ वटा एटीएमः, ३६ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बैंकले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *