कामना सेवा बैंकको रक्तदानमा ६८ जनाले गरे रक्तदान

कात्तिक २२, काठमाडौं । प्रगतिको आधार कामना सेवासँग कारोबार भन्ने मुल नाराका साथ जनता माझ बैैकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकको १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानमा ६८ जनाले रक्तदान गरेका छन् ।   

यहि कार्तिक २७ गते हुने १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ६८ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।   

सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । बैंकले देशमा विद्यमान चरम रक्त अभावलाई केही हद सम्म भएपनि सहयोग हुने अपेक्षा लिएको छ । बैंकले ज्ञानेश्वर स्थित आइएसटी कलेजमा ग्राण्डि इन्टरनेशनल अस्पतालको सौजन्यमा रक्तदान गरेको थियो ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *