उपनिर्वाचनका लागि चितवनमा उम्मेदवारी दर्ता (फोटो फिचरसहित)

  

कार्तिक २७, चितवन ।  आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि चितवनका ३ वटा वडाको वडाध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ । 

चितवनको खैरहनी नगरपालिका वडा नम्वर ४ र ५ तथा भरतपुर महानगरपालिका वडा नम्वर १६ का लागि उपनिर्वाचन हुदैछ । उपनिर्वाचनका लागि खैरहनी ४ र ५ बाट ४,४ जनाको उम्मेदवारी परेको छ भने भरतपुर १६ मा ५ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

दुई ठुला दलहरु नेकपा र नेपाली काग्रेशले तामझामसहित उम्मेदवारी दर्ता गराए । साना दलहरुमा रौनक थिएन् । खैरहनी नगरपालिका ४ का लागि नेकपाबाट वेदवहादुर अधिकारीको उम्मेदवारी दर्ता भएको छ । अधिकारीको प्रस्तावकमा जगत बहादुर राना तथा समर्थकमा दलवहादुर बस्नेत छन् । त्यस्तै खैरहनी ५ का लागि नेकपाबाट पुननारायण प्रधानले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख विद्याराज पौडेलले बताए ।  

 प्रधानको प्रस्तावकमा जंगीराम चौधरी र समर्थकमा लक्ष्मण सुवेदी छन् । उम्मेदवारी दर्ताका लागि नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे,केन्द्रिय सदस्य कृष्ण प्रसाद खनाल, नेकपा ३ नम्वर प्रदेश अध्यक्ष नारायण दाहालसहितका नेताहरु उपस्थित थिए । नेकपाको उम्मेदवारी दर्ताका लागि पञ्चेबाजासहित करिव ५ सयको हाराहारीमा नेता कार्यकर्ता उपस्थित देखिन्थ्यो ।  

यस्तै नेपाली काग्रेशबाट खैरहनी नगरपालिका ४ मा देव बहादुर बस्नेत र ५ बाट प्रतिमा कार्की वस्नेतको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय प्रमुख पौडेलले बताए । वस्नेतको प्रस्तावकमा देवी प्रसाद न्यौपाने र समर्थकमा नारद वरुवाल तथा कार्कीको प्रस्तावकमा तिलकुमारी पुडासैनी र समर्थकमा राममाया त्रिपाठी छन् ।  उम्मेदवारी दर्ताका लागि काग्रेशको पार्टी कार्यालय मगनीचोकदेखी निर्वाचन अधिकृतको कार्यालय सम्म बाजागाजासहित नेकपाकै हाराहारीको संख्यामा नेता कार्यकर्ताहरु उपस्थित थिए ।  

काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ,नगर सभापति शशि खनिया लगायतका नेताहरु थिए । खैरहनी ४ का लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनोज अधिकारी, राष्ट्रिय प्रजातान्त्रिक पार्टी ( सयुक्त ) बाट सिताराम थापाको पनि उम्मेदवारी परेको छ । यस्तै खैरहनी ५ बाट समाजवादी पार्टीबाट विकन महतो,राष्ट्रिय नागरीक पार्टीबाट बलराम चौधरीले उम्मेदवारी दिएकन निर्वाचन अधिकृतको कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।  

खैरहनी ४ का तत्कालिन वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र ५ का अध्यक्ष विश्वविजय बस्नेतको २०७४ माघ ६ गते भएको सवारी दुर्घटनामा परि निधन भएको थियो । उता भरतपुर १६ का लागि ५ जनाको उम्मेदवारी परेको छ । नेकपाबाट भक्तराज हमालले उम्मेद्वारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा नारायणप्रसाद अधिकारी र समर्थकमा बद्रीप्रसाद चापागाइ रहेका छन् । 

 नेपाली काँग्रेसको तर्फबाट अमृतराज हमालले उम्मेद्वारी दर्ता गराए  । उनको प्रस्तावकमा सुरविर पोखरेल र समर्थकमा यमबहादुर गुरुङ रहेका छन् । समाजवादी पार्टीका तर्फबाट अम्मर बहादुर थापा , राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का तर्फबाट विष्णुप्रसाद त्रिपाठी, राष्ट्रिय नागरिक पार्टीका तर्फबाट धनप्रसाद घलेको पनि उम्मेदवारी परेको छ । भरतपुर १६ का तत्कालिन अध्यक्ष चतुरबहादुर गुरुङको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *