चलचित्र ‘मखमली मखमली’को ट्रेलर सार्वजनिक, मंसिर १३ बाट प्रदर्शन हुँदै

मंसिर १, काठमाडौँ । चलचित्र ‘मखमली मखमली’को ट्रेलर सार्वजनिक भएको छ । यहि मंसिर १३ गतेबाट मुलुकभर एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मखमली मखमली’ ट्रेलर एकदमै राम्रो बनेको निर्माण युनिटको दाबी छ । निर्माण पक्ष अहिले फिल्म प्रचारका लागि तीव्र रुपमा लागेको छ । 

चलचित्र ‘मखमली मखमली’ मा निर्मात्री, चलचित्र स्क्रिप्ट राइटर तथा गीतकार साबित्रा चिलुवालको आफ्नै जिवनमा घटेको घटनामा आधारित भई यथार्थपरक कथाबस्तुमा नारि बेदनालाई प्रतिनिधित्व गर्दै र महिलाहरुले भोग्नु परेको दुःख पीडालाई समेटिएको चलचित्रमा नायक जयकिशन बस्नेतले हसाउँछन भने मखमली बनेकि शुभेच्छा थापाको कारुणिक अभिनयले जोसुकैको मनमा पनि एकचोटी चस्का लाग्छ ।   

यस चलचित्रमा फरक अभिनयमा देखा परेकी नायिका शुभेच्छा थापालाई गाउँले परिवेशमा देख्न सकिन्छ ।  निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा, कलाकार सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ तथा अन्य चर्चित कलाकारहरुको समेत दमदार अभिनय रहेको छ ।   

Image result for …मखमली

‘मखमली मखमली’को कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन् भने सावित्रा चिलवाल एक कुशल गीतकारको रुपमा समेत प्रख्यात छिन । 

बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा रामेश्वर हुमागाईको छायाँकन रहेको चलचित्र राजु गिरीले निर्देशन गरेका हुन् । 

सत्य कथामा आधारित चलचित्र भएले चलचित्रलाई सम्पूर्ण नेपालीहरुले माया गरि सिनेमाघरसम्म गई हेर्ने छन् भन्नेमा निर्माण पक्ष ढुक्क छ  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *