कुवेतमा थुनामा रहेका २१ नेपालीलाई तत्काल स्वदेश फर्काउन संसदीय समितिको निर्देशन

फाइल तस्विर 

मंसिर १, काठमाडौं । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कुवेतको थुनामा रहेका २१ जना नेपालीलाई स्वदेश फर्काउन निर्देशन दिएको छ ।   

आज (आइतबार) बसेको संसदीय समितिको बैठकले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो । 

रोजगारीको शिलशिलामा २१ नेपाली कामदार अवैधानिक ढंगले कुवेत पुगेका थिए । थुनामा रहेका उनीहरुका लागि ५४ लाख रुपैयाँ जरीवाना तिरेर नेपाल फर्काउन सकिने कुवेतस्थित नेपाली दूतावासको भनाइ थियो ।   

उनीहरुको दण्ड जरीवाना तिरेर भएपनि तत्काल फिर्ता पठाउन समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए । म्यानपावर कम्पनीमाथि पनि कडा कारवाही गर्न सरकारलाई समितिले सचेत गराएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =