आइएमई डबलको डबलको डबल अफरको बम्पर बिजेता खाङ्ग

मंसिर १२, काठमाडौं । आइएमईले पर्व लक्षित गरी ल्याएको दसैँमा डबलको डबलको डबल अफरको बम्पर बिजेता खत्वे बिरेन्द्र खाङ्ग बनेका छन् । आज काठमाडौंमा आयोजित विशेष समारोहकावीच सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत खाङ्ग बिजेतामा छनोट भएका हुन् ।
बिजेताले मलेसियाबाट ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए उनले पठाएकाे साेही रकम डबलको डबलको डबल अर्थात आठ गुणा भइ ४ लाख ७७ हजार ८ सय ५६रुपैयाँ रकम प्राप्त गरेका हुन्। आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र ब्राण्ड एम्बासडर दीपक राज गिरिले संयुक्त रुपमा स्टार्ट बटम क्लिक गरि लक्की ड्र बाट बिजेता छनोट गरेका थिए ।
लक्की ड्र मार्फत बम्पर विजेता घोषणा गरिएको उक्त कार्यक्रममा मन्तब्य दिँदै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसद ढकालले रेमिटेन्सको आप्रवाह घट्ना साथ धेरै आर्थिक क्रियाकलाप खुम्चिने भन्दै विदेशबाट आउने रेमिटेन्सलाई औपचारिक संचालबाट भित्र्याउन र नेपाल आइसकेको रेमिटेन्सलार्ई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न सकेका देशभित्रै रोजगारीका सम्भावना उजागर हुने औंल्याए ।

अध्यक्ष ढकालले आइएमईले विदेशमा बसेर आर्जन गरेको पुँजीलाई बैंकिङ्ग सञ्जाल मार्फत देशमा भित्र्याउन यस्ता योजनाहरु ल्याउने गरेको बताउँदै यस्ता पर्व लक्षित योजनाहरुले देशको समग्र अर्थतन्त्र, सेवाग्राही तथा कम्पनीलाई समेत फाइदा पुग्ने बताए । यस्ता योजनाले सेवाग्राही तथा कम्पनीे वीचको सम्बन्धलाई थप मजबुत बनाउने बताए । उनले आगामी दिनमा पनि यस्ता योजनाहरु ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले पछिल्लो समयमा रेमिटेन्सआप्रवाह घट्दै गएकोमा चिन्ता व्यक्त गरे ।प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्कीममा आमसेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष त्यो सहभागिता झनै बढेकोे बताए ।
त्यस्तै आइएमईका ब्राण्ड एम्बासडर दीपक राज गिरिले आइएमई र आइएमईका सेवाग्राहीहरू वीचको प्रगाढ सम्बन्धले नै आइएमईलाई एक सफल व्यवसायीक ब्राण्ड बनाएको उल्लेख गर्दै यो दसैँमा आइएमईले ल्याएको खुसीलाई डबलको डबलको डबल स्कीमले थप प्रगाढ बनाउन सफल भएको बताउनुभयो ।
सतहत्तर दिनको योजना अवधिमा दैनिक लक्की ड्र मार्फत ११ हजार ९ सय ३१, साप्ताहिक लक्की ड्र मार्फत २२ जना, मासिक लक्की ड्र मार्फत ४ र बम्पर लक्की ड्र मार्फत १ जना सेवाग्राही लाभान्वित भएका छन् ।
आइएमईले गत भदौ १५, २०७६ देखि कार्तिक मसान्तसम्म (तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९ सम्म) कायम हुनेगरी ७७ दिनका लागि सेवाग्राहीमुखी उक्त अफर सार्वजनिक गरेको थियो । अफर अनुसार हरेक दिनआइएमई पेमार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गर्ने योजना ल्याएको थियो ।
अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको थियो। सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सवै सेवाग्राहीहरू स्वत सहभागी बन्न सक्नेछन्। आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउँने छैन ।
सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ। योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुनेछ । योजनाको अध्यावधिक जानकारी कम्पनीले संचालन गरेको आधिकारिक वेभ पेज, सामाजिक संजाल पेज, आमसंचार माध्यम, सहकार्यमा रहेका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय मार्फत सार्वजनिक गरिनेछ ।








