यी चर्चित सेलिब्रिटी जसले आफ्नै पिसाब पिउँने गर्छन्

मंसिर ४ ।  सेलिब्रिटीहरु आफ्नो जीवनशैलीका कारण चर्चामा रहन्छन् तर थुप्रै पटक सेलिब्रिटीहरु यस्ता अचम्मका क्रियाकलाप गर्छन् जुन साधारण व्यक्तिले बुझ्न मुश्किल हुन्छ । यस्तै एउटा ट्रेन्ड छ, उत्कृष्ट स्वास्थ्यका लागि आफ्नै पिसाब पिउनु । राम्रो स्वास्थ्यका लागि आफ्नो पिसाब पिउने सेलिब्रिटीबारे यहाँ जानकारी दिदैछौं । 

म्याडोनाः 

इन्स्टाग्राममा पिसाब पिएको भिडियो राख्नुबाहेक सन् १९९४ मा म्याडोनाले डेविड लेटरम्यानको शोमा कुरा गर्दै खुट्टाको घाउ निको पार्नमा लागि आफूले खुट्टामा पिसाब फेर्ने गरेको बताएकी थिइन् । 

सारा मिल्सः 

इंगल्याण्डककी कुनै बेलाकी निकै चर्चित नायिका सारा मिल्सले पनि एक अन्तर्वार्तामा उनी पछिल्लो ३० वर्षदेखि रोग प्रतिरोधी क्षमता विकसित गर्नका लागि आफ्नो पिसाब पिइरहेको बताएकी थिइन् । 

बियर ग्रिल्सः 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक कार्यक्रममा देखिएका बियर ग्रिल्सले पनि आफ्नो शो म्यान भर्सेस वाइल्डमा थुप्रै पटक आफ्नो पिसाब पिएको देख्न सकिन्छ । 

केशाः 

सन् २०१३ मा चर्चित पप गायिका केशाले एमटिभीको डकुमेन्ट्री केशाः माई क्रेजी ब्युटीफूल लाइफमा आफ्नै पिसाब पिएकी थिइन् । यो कार्यक्रमको दौरान उनी आफ्नो स्वास्थ्यमाथि प्रयोग गर्न चाहन्थिन् त्यसकारण उनले यस्तो गर्ने निर्णय गरेका थिए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =