धुलिखेल २ मा नेकपाका देवीप्रसाद कोइराला विजयी

मंसिर १४, काठमाडौं । काभ्रेको धुलिखेल २ को उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएका छन् । आज सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वारलाई पाखा लगाउँदै नेकपाले जीत हासिल गरेको हो ।   

धुलिखेल वडा नं. २ को रिक्त रहेको वडा अध्यक्ष पदको लागि धुलिखेल नगरपालिका वडा नं. २ रविओपीमा आज भएको उपनिर्वाचनमा नेकपाका देवप्रसाद कोईराला बिजयी भएका हुन् । उनले कुल खसेको मत १५ सय २ मा ८ सय ६७ मत प्राप्त गरे ।   

पराजित नेपाली कांग्रेसका दर्णबहादुर खत्रीले ५ सय ८२ मत प्राप्त गरेका छन् भने, राप्रपा संयुक्तबाट बासुदेव थापाले ६ र राजपा नेपालबाट कृष्णबहादुर तामाङले १५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । कुल खसेको मतमा ३२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 5 =