चलचित्र ‘लभ डायरिज’ को गीतमा प्रिन्सी–प्रिज्मा

कार्तिक २५, काठमाडौं । लभ स्टोरी जनराको चलचित्र ‘लभ डायरिज’ को गीतमा ट्विनी गर्ल प्रिन्सी र प्रिज्मा खतिवडा देखिने भएका छन् ।   

अभिनेता शुशील श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रको ‘लभ डायरिज’ फागुन २ गते भ्यालेन्टाइन डे को दिन रिलिज हुँदैछ । यसै चलचित्रमार्फत् टिकटक क्विन प्रिन्सी–प्रिज्मा पहिलो पटक चलचित्रको गीतमा देखिने भएका हुन् ।   

सौरभ चौधरीले निर्देशन गरेको चलचित्रको अन्तिम गीतको आइतबार काठमाडौंको ह्यात होटलमा छायांकन गरिएको छ। चलचित्रमा शुशीलसँगै रुबिना र विश्वजित मुख्य भूमिकामा छन् । 

चलचित्र विनोद सापकोटाले निर्माण गर्न लागेका हुन् भने सरोज तुलाधर सह निर्माता रहेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =