प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस, अपरेसनको तयारी

मंसिर १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि उनको अपरेसनको तयारी गरिएको छ ।   

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले प्रधानमन्त्रीको अपरेसनका लागि तयारी भइरहेको जानकारी दिए । सोमबार राती पेट दुखेपछि मंगलबार बिहान ओलीलाई अस्पताल लगिएको हो । 

परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएको छ । 

प्रधानमन्त्री ओलीले १२ वर्षअघि प्रत्यारोपण गराएको मिर्गौलामा समस्या देखिएको छ । शरीरमा बढेको एन्टिबडी कम गर्न केही महिनाअघि सिंगापुरमा उनको प्लाज्मा फेरेसिस् गरिएको थियो । 

पछिल्लोपटक भने राजधानीको ग्राण्डी अस्पतालमा मिर्गौलाको डायलासिस गरिँदै आएको छ । हालसम्म २६ दिनमा उनको चार पटक डायलासिस भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 18 =