प्राइम लाइफ इन्स्योरेन्सको बिमा खरिद अब अनलाइनबाटै

कार्तिक २२, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न जीवन बिमा योजना ग्राहक स्वयमले नै खरिद गर्न सक्ने गरी अनलाईन प्रविधिबाट सेवा विस्तार गरेको छ ।   

योसँगै अब ग्राहकले कम्पनीका बिमा योजनाहरु अनलाईनबाट स्वयम खरिद गर्न सक्नेछन् ।   

यो प्रविधिबाट जुनसुकै स्थानका ग्राहकले आफुले लिन चाहेको जिवन बीमा योजना तथा त्यस योजना अन्तर्गतका अतिरिक्त ऐच्छिक सुविधाहरु छनौट गरी त्यस वापतको प्रिमियम अनलाइन भुक्तानी सेवा प्रदायक मार्फत भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।   

Image result for प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

हालको लागी अधिकतम विमाङ्क रकम रु. ५,००,००० ।– सम्मको वीमालेख खरिद गर्न सकिने जानकारी दिइएको छ । यस प्रविधि अन्तर्गत ग्राहकलाई कागजी प्रस्ताव फारम भर्न नपर्ने र अनलाइन फारममा उपलब्ध गराइएका विवरणका आधारमा सो प्रस्ताव फारम तत्कालै स्विकृत भइ बीमालेख जारी हुनेछ । 

अनलाइन प्रविधिबाट प्रदान गरिने बीमाको सेवाबाट धेरै भन्दा धेरै जनतासमक्ष जीवन बीमाको पहँुच पुग्ने विश्वास कम्पनीको विश्वास छ ।   

अनलाइन मार्फत् प्राप्त प्रस्ताव फारममा उल्लेखित ठेगानाबाट नजिक पर्ने यस कम्पनीको शाखा तथा उपशाखा कार्यालयबाट स्वीकृत भएको बीमालेख सम्बन्धित बीमितलाई दिने व्यवस्था समेत गरिएको प्राइम लाइफ इन्स्योरेन्सले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =