बिग होटलले सञ्चालनमा ल्यायो बिग क्याफे

कातिक २४, विराटनगर ।  विराटनगरको विग होटलमा बिग क्याफे सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिका ९ स्थित रोडसेसमा रहेको बिग होटलमा आईतबार देखि बिग क्याफे सञ्चालनमा आएको हो । 

करिब २० लाखको लागतमा सञ्चालनमा आएको उक्त क्याफे बिग होटलका निर्देशक विरेन्द्र न्यौपाने र रुपमणिराज भण्डारीले संयुक्तरुपमा रिबन काटेर क्याफेको शुभारम्भ गरेका थिए । क्याफेमा विभिन्न प्रकारका कफि, बर्थ डे केक, चिया पाईने बिग होटलका बजार व्यवस्थापक नरेश कुमार श्रेष्ठले जनकारी दिए । 

चिसो मौसम सुरुवात भए सँगै विराटनगरवासीलाई  सेवा सुविधा दिनका निमित्त उक्त क्याफे सञ्चालनमा ल्याएको श्रेष्ठले बताए । बिग क्याफेले हिमालयन जाभासँग पनि चाँडै नै सहकार्य गर्दै सोहि स्वादको कफि पनि उक्त क्याफेमा सञ्चालनमा ल्याउने होटलका सञ्चालक भरत बहादुर खत्री जानकारी दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *