राइटपाथको यूके ग्राण्ड सेमिनार काठमाडौं र चितवनमा भब्य, भोली हेटौडामा हुँदै

कात्तिक ३०, काठमाडौं । उच्च शिक्षाका लागि यूके जान चाहने विद्यार्थीलाई लक्षित गर्दै राइटपाथ करियर काउन्सेलिङले तीन दिने सेमिनार गरेकोमा काठमाडौं र चितवनमा भब्यताका साथ यूके ग्राण्ड सेमिनार सम्पन्न भएको छ ।
राजधानीको पुतलीसडक स्थित मुख्य कार्यालयमा हिजो आयोजित ग्राण्ड सेमिनारमा दुई सय भन्दा बढि विद्यार्थीको सहभागिता थियो । भने, आज चितवनमा आयोजित सेमिनारमा समेत सयौं विद्यार्थीको उत्साहजनक सहभागिता रहेको राइटपाथ चितवन शाखाका म्यानेनिङ डाइरेक्टर सुरज पौडेलले बताए ।
काठमाडौंमा आयोजित सेमिनारमा सहभागी विद्यार्थीले उच्च शिक्षाका लागि यूकेले पछिल्लो समय विदेशी विद्यार्थीलाई दिएको अफर र त्यहाँको विश्वविद्यालय तथा कलेजका बारेमा जिज्ञासा राखेका थिए ।

सेमिनारमा विद्यार्थीका जिज्ञासाहरु यूकेको शिक्षा प्रणाली, नेपाली विद्यार्थीले पाउने सुविधा, सकलरशिप र लागतका विषयमा युनिभर्सिटी अफ हुडर्रसेफिल्डका प्रतिनिधि सहिम धानीले मेटाएका थिए । ‘सेमिनार भन्ने वित्तिकै विद्यार्थीलाई बाहिर पठाउन उत्प्रेरणा दिने भन्ने थियो, तर आजको सेमिनारले आफ्नो करियर कसरी उज्वल र सुरक्षित गर्ने बारेमा जानकारी दिने थियो ।’ राइटपाथ काठमाडौंको सेमिनारमा सहभागी एक विद्यार्थीले बताइन् ।
उनले यूकेको शिक्षा विश्वकै उत्कृष्ट भएको थाहा भएपनि त्यहाँ कसरी अध्ययनका लागि जान सकिन्छ, के कस्तो शैक्षिक, आर्थिक अवस्था हुनुपर्छ ? प्रक्रिया कस्तो छ, तयारी कसरी गर्ने यावत जानकारी पाएको बताइन् । ‘उच्च शिक्षाका लागि विदेश जाने नजाने आफ्नो स्वतन्त्रताको कुरा हो तर, आजको सेमिनारमा भाग लिँदा मलाई अर्बोड स्टडीका धेरै ज्ञान भयो ।’ उनले भनिन् ।
ग्राण्ड सेमिनारमा विद्यार्थीको शैक्षिक, आर्थिक योग्यता हेरेर ठाउँको ठाँउ अफर लेटर समेत दिइएको थियो । यूकेको युनिभर्सिटी अफ हुडर्रसेफिल्डका प्रतिनिधिले राम्रो शैक्षिक योग्यता भएका जेहेन्दार नेपाली विद्यार्थीलाई युनिभर्सिटीले नेपाली तीन लाखसम्मको छात्रबृद्धिको व्यवस्था गरेको बताए । यसका साथै युनिभर्सिटीले अंग्रेजी माध्यमबाट कक्षा १२ उत्तिर्ण विद्यार्थीहरुका लागि अंग्रेजीमा ६० प्रतिशत वा सो भन्दा बढि अंक ल्याएर उत्तिर्ण भएकालाई आयल्स नगरी यूके जाने अवसर दिएको छ ।
पछिल्लो समय राइटपाथले यूकेको शिक्षालाई विशेषरुपमा प्रमोट गर्दै आइरहेको छ । राइटपाथ यूकेको ब्राण्ड कन्सल्टेन्सी बन्दै गएको राइटपाथका संस्थापक सिइओ फिलिप डिसीले बताए ।
भोली हेटौडामा सेमिनार
राइटपाथले काठमाडौं र चितवनमा यूके ग्राण्ड सेमिनार सम्पन्न गरिसकेपछि भोली हेटौडामा गर्ने भएको छ । यसका लागि यूकेको युनिभर्सिटी अफ हुडर्रसेफिल्डका प्रतिनिधि सहित राइटपाथको टीम हेटौंडा शाखा कार्यालयमा पुगिसकेको छ ।








