एपीएफ चन्द्रागिरि गोल्डकपको क्वाटरफाइनलमा

काठमाडौं, ३ मंसिर । जारी चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिता अन्तर्गत एपीएफ चन्द्रागिरी गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नैकाप स्थित खेल मैदानमा आज भएको प्रतियोगितमा संकटालाई हराउदै विभागिए एपीएफ अन्तिम आठमा पुग्न सफल भएको हो ।
खेल १–१ मा रोकिए पछि गोलरक्षक अमृत चौधरीले पेनाल्टीमा दुई बचाएपछि विभागीय नेपाल एपीएफ क्लब सिएमजी क्लब संकटालाई पराजित गर्दै राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको आयोजक समितिका संयोजक तथा पुर्व राष्ट्रिय खेलाडी रमेश बुढाथोकीले जानकारी दिए ।

एपीएफले संकटालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दे आगामी पाईला तय गर्ने सफल भएको छ ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा एपीएफ सफल भएको हो । एपीएफका सुदिप शिख्र्राकार, नवीन लामा, आशिष लामा र राजीव लोप्चनले गोल गरे । एपीएफका कप्तान अमित तामाङ र क्षितिजराज जिटीले मात्रै गोल गर्न सफल भए । मासऔके पिएरे र रोमन लिम्बुको प्रहार गोलरक्षक अमृत चौधरीले रोकिदिएका थिए ।
चन्द्रागिरी नगरपालिकास्थित नैकाप फुटबल मैदानमा मंगलबार भएको खेलमा एपीएफले खेलको ३२ औं मिनेटमा सन्तोष नेपालीको गोलबाट अग्रता बनाएको थियो । सुदिप शिख्राकारको क्रस पासलाई संकटाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई सन्तोषले पेनाल्टी बक्सभित्रबाट गरेको सशक्त प्रहार गोलरक्षक विनय श्रेष्ठले रोक्ने कुनै मौका नै पाएन ।
त्यसअघि १३ औं मिनेटमा सन्तोषको प्रहारलाई गोलरक्षकले पञ्च गरेर बचाएका थिए । १८ औं मिनेटमा राम कुमार कुमालको बक्स बाहिरको प्रहार पोस्टबाट थौर बाहिरिएको थियो । दोस्रो हाफको शुरुमै सुदिपको पासमा राजन गुरुङको हेडर पोस्६बाट थोरै बाहिरिदा एपीएफले अग्रता दोब्बर पार्ने मौका खेर फाल्यो । लगत्तै आशिष लामाको प्रहारलाई गोलरक्षकले सहजै बचाइदिए । ४४औं मिनेटमा पेटाङ्गाको हेडर पोस्टबाट थोरै बाहिरियो । ४६औं मिनेटमा एपीएफका राजन गुरुङले गाल गर्न सकेन । ५५औं मिनेटमा संकटाले बराबरी गर्ने सुन्दर मौका गुमायो ।
राजेन्द्र रावलको बक्सभित्रको सशक्त प्रहार आकासिएको थियो । ६०औं मिनेटमा सुदिपकै क्रसमा राजिवले गोल गर्न सकेन । ६५औं मिनेटमा मासऔके प्रहारलाई गोलरक्षक अमृत चौधरीले बचाउदै सम्भावित बराबरी टारे । ७० औं मिनेटमा रोमन लिम्बुको पासमा रोशन पहारी चुके । खेलको अन्तिम तिर संकटाले एपीएफलाई दवावमा राख्दै बराबरी गोल गर्न सफल भयो । कप्तान अमित तामाङले इन्ज्युरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
दुई पेनाल्टी बचाएका एपीएफका गोलरक्षक अमृत चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई ५ हजार रुपैया र म्यान अफ दि म्याचको आवर्ड चन्द्रागिरी नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष गोपी सुर्खेतीले पुरस्कृत गरे ।
अब एपीएफले शनिबार सेमिफाइनल प्रवेशका लागि सरस्वती युथ क्लबसाग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा बुधबार कुनै खेल हुने छैन । बिहीबार क्वाटर फाइनलको पहिलो खेलमा बिग्रेड ब्वाइज र विभागीय नेपाल आर्मी क्लबबीच खेल हुनेछ ।








