जेनेरल हस्पिटल एण्ड ट्रमा सेन्टरको एक दिने स्वास्थ्य शिविर सम्पन्न

कार्तिक २६, विराटनगर । मोरङको मझारे लुमरियामा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जेनेरल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिको आयोजनामा सोमबार सम्पन्न एक दिने स्वास्थ्य शिविरमा हस्पिटलको आफ्नै प्राविधिक सहयोग रहेको थियो ।
डा. सन्तोस झा, डा. किशोर यादव, डा. तेज नारायण झा लगायतका डाक्टरद्धारा मधुमेह, ब्लडप्रेसर, दम, हाडजोर्नी लगायतका रोगको उपचार भएको हस्पिटलका मेनेजिङ डाइरेक्टर दिपक रोयले जानकारी दिए ।

उनका अनुसार १ सय ८६ जना बिरामीले शिविरमा स्वास्थ्य जाँच गराएका छन् । शिविरमा स्वास्थ्य जाँच गराउन आउने बिरामीहरुका लागि ल्याबमा ५० प्रतिशत छुट रहेको र ओपिडि सेवा निःशुल्क गरिएको थियो ।
शिविरबाट जाँच गरेका जटिल बिरामीहरु जेनेर हस्पिटल एण्ड ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गराउन आउने बिरामीहरुका लागि २५ प्रतिशत छुट रहेको हस्पिटलका अध्यक्ष जय प्रकाश रोयले जानकारी दिए ।








