टाटा नेक्सन बन्यो ग्लोबल एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्ने पहिलो कार

मंसिर २, काठमाडौं । टाटा मोटर्सको सब–कम्प्याक्ट क्रसओभर एसयूभी टाटा नेक्सनले कार सुरक्षातर्फ नयाँ बेन्चमार्क कायम गर्दै अन्तर्राष्ट्रिय कार सुरक्षा नियमन निकाय ग्लोबल एनक्याप गरेको सुरक्षा सम्बन्धी परीक्षणमा फाइभ स्टार प्राप्त गरेको छ ।   

भारतमा फाइभ स्टार प्राप्त गर्ने टाटा नेक्सन एकमात्र कार हो ।   

ग्लोबल एनक्यापले गरेको क्र्यास टेस्टमा नेक्सनको स्ट्रकचर इन्टिग्रिटी र ओभरअल सुरक्षाको आकलन गरिएको थियो । कारको दुवै फ्रन्ट र साइड इम्प्याक्टहरूको पनि परीक्षण गरिएको थियो । ग्लोबल एनक्यापले गरेको दुवै परीक्षणबाट प्राप्त मूल्यांकन अंकमा भारतीय बजारका सबै गाडीका मोडलहरूमध्ये टाटा नेक्सनले सबैभन्दा बढी एडल्ट अक्युपेन्ट सेफ्टी स्कोर (१६.०७ र १७.००) प्राप्त गर्दै पूरै फाइभ स्टार रेटिङ प्राप्त गरेको हो ।   

यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्री राखिएको प्रविधिमा विशेष ध्यान पु¥याइएको छ । डुअल फ्रन्टल एअरब्यागहरू र प्रिटेन्सर सहितको सिटबेल्टहरू तथा लोड लिमिटर जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई पूर्ण सुरक्षा प्रदान गर्दछ । 

टाटा नेक्सनले प्राप्त गरेको पछिल्लो उपलब्धि बारे बाल्दै टाटा मोटर्स, प्यासेन्जर भेइकलका प्रमुख श्री सुजन रोयले भने, ‘आजको समयमा ग्राहकहरूले सुरक्षाका लागि सबैभन्दा महत्वपूर्ण मापक मान्दछन्। ग्लोबल एनक्यापबाट अहिलेसम्मकै सबैभन्दा ठूलो सुरक्षा रेटिङ टाटा नेक्सनले प्राप्त गर्दा हामी एकदमै खुसी छौँ ।’ 

टाटा नेक्सन पाँच वटा भेरियन्टहरूमा उपलब्ध छ । एक्सई, एक्सएम, एक्सटी, एक्सजेड प्लस तथा एक्सजेडए र पाँचवटा रङ्गहरू रातो, नीलो, सिल्भर, ग्रे र सेतोमा उपलब्ध छ । टाटा नेक्सनको वारेन्टी ७५ हजार किलोमिटर वा दुई वर्ष (जुन पहिले आउँछ) रहेको छ । 

४४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा मोर्टस लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो ।   

११० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतकै र बृहत रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथा इ–मोबिलिटी सलुसनहरू प्रदान गर्ने एकमात्र ओइएम हो ।   

बेलायतमा रहेको ज्यागुअर, ल्यान्डरोभर तथा दक्षिण कोरियास्थित टाटा डेइवु सहित १३४ वटा सशक्त सहायक कम्पनीहरूको विश्वव्यापी संजाल मार्फत टाटा मोटर्स बेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसिया टाटा मोटर्स सञ्चालनमा छ । 

इन्जिनियरिङ तथा प्रविधिद्वारा संचालित अटोमेटिभ सलुसनहरू गर्नमा केन्द्रित टाटा मोटर्स भारतीय बजारमा कमर्सीयल गाडीको बिक्रेताका रुपमा अग्रस्थानमा छ भने प्यासेन्जर गाडीको अत्यधिक ब्रिकी गर्न सफल उत्कृष्ट चार कम्पनीहरूमा पर्दछ ।   

जेननेक्स्ट कस्टमरहरूको अवधारणामा आधारित रही टाटा मोर्टसले सर्वोत्कृष्ट डिजाइन र भारत, बेलायत, ईटली तथा दक्षिण कोरियामा रहेका आर एण्ड डी सेन्टरहरूबाट अभिप्रेरित भई नयाँ नयाँ उत्कृष्ट उत्पादनहरू ल्याउने चाहना टाटा मोर्टसले लिएको छ । अन्तर्राष्ट्रिय स्तरमा टाटाका कमर्सियल तथा प्यासेन्जर गाडीहरू अफ्रिका, मध्यपूर्व, दक्षिण एसिया, दक्षिण पूर्र्वी एसिया, दक्षिण अमेरिका, अस्ट्रेलिया, रूस, लगायत विश्वका विभिन्न देशहरुमा बिक्रीवितरण गरिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =