धुलिखेलमा नौ लाखसहित २३ जुवाडे पक्राउ

  

  

मंसिर ९, काभ्रे । जिल्ला प्रहरी कार्यालय धुलिखेलले धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ ।   

Image result for जुवाडे

पसल व्यवसाय गर्ने रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गए राति एक बजे काभ्रेपलाञ्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटा नेतृत्वको सुरक्षाकर्मी टोलीले रु नौ लाख ५७ हजार ८७० नगद तथा एक सेट कौडासहित जुवा खेलिरहेका २३ जनालाई पक्राउ गरेको हो ।   

पक्राउ पर्नेमा ३७ वर्षीय घरधनी रानाभाटसहित धुलिखेल नपा–३ का ४१ वर्षीय भीमसेन तामाङ र ३६ वर्षीय कृष्णकुमार तामाङ, नमोबुद्ध नपा–२ का ४२ वर्षीय नेमा लामा, नमोबुद्ध नपा–३ का ३६ वर्षीय अर्जुन तिवारी, नमोबुद्ध नपा–४ का ३५ वर्षीय रमेश तिवारी, रोशी गाउँपालिका–७ का २६ वर्षीय पुष्कर दर्जी, बनेपा नपा–११ का ४२ वर्षीय सुमन अधिकारी, बेथानचोक गाउँपालिकाका ३२ वर्षीय जयराम तिमल्सिना, चौँरीदेउराली गाउँपालिका–५ का ३७ वर्षीय रामप्रसाद चौलागाइँ, पाँचखाल नपा–७ का अच्युत चौलागाइँ, महाभारत गाउँपालिका–३ का २४ वर्षीय सुजन लामा, बनेपा नपा–६ का सुजन केसी रहेको प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।   

यस्तै, पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–५ का ३१ वर्षीय अमृत बानियाँ, नुवाकोटको शिवपुरी गाउँपालिका–७ का २८ वर्षीय सन्तोष पाण्डे र सोही गाउँपालिका–७ का २५ वर्षीय प्रवीण पाण्डे, नुवाकोटकै लिखु गाउँपालिका–१ का २८ वर्षीय नवराज थिङ, दोलखाको मेलुङ गाउँपालिका–३ का २२ वर्षका दीपक थोकर, दोलखाको विगु गाउँपालिका–४ का ३८ वर्षीय राजन शर्मा, झापाको कमल गाउँपालिका–५ का २८ वर्षीय जितेन्द्र तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे नपा–२ का ३८ वर्षीय नवीन गुरुङ, मकवानपुरको थाहा नपा–६ का २८ वर्षीय भुवन बलामी र सोही नपा–७ का ३५ वर्षीय बसुन्धरा केसी रहेको प्रहरीले जनाएको छ ।  

पक्राउ परेकाको राती नै मेडिकल जाँच गरी प्रहरी हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनका अनुसार उनीहरुलाई आजै म्याद थप गरी थप अनुसन्धान गरिनेछ । अनुसन्धानपश्चात पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाई कारवाही थालिन जनाइएको छ ।   

यसअघि काभ्रेपलाञ्चोक प्रहरीले गत साउनमा बनेपा नपा–८ खसीबजारस्थित चतुरमान तामाङको डेराबाट सात जुवाडेलाई नियन्त्रणमा लिई रु एक लाख २३ हजार  बरामद गरेको थियो भने सोही दिन बनेपा नपा–६ रामन्दिर नजिकको दमाईसिं वाइवाको घरमा तास खेलिरहेका छ जनालाई पक्राउ गरी उनीहरुबाट रु एक लाख ४७ हजार बरामद गरेको थियो ।  रासस 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =