आजको पञ्चाङ्ग र राशिफलः यी राशीका व्यक्तिहरुको फलिफाप हुने छ

मंसिर ११, काठमाडौँ । वि.सं. २०७६ मंसिर ११। बुधबार। इ.स. २०१९ नोभेम्बर २७। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। प्रतिपदा, १९:५३ उप्रान्त द्वितीया। नक्षत्र– अनुराधा, ९:३८ बजेउप्रान्त ज्येष्ठा। योग– सुकर्मा, २०:३६ बजेउप्रान्त धृति।
करण– किंस्तुघ्न, ८:२३ बजेदेखि वव, १९:५३ बजेउप्रान्त वालव। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:३५ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी ० पला। बारामा गढी–माई मेला प्रारम्भ।
तपाईँको राशिफल
null
मेषसन्तानपक्षको मायामा कमी आउनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ अत: सचेत रहनुहोला, तर वाणिज्य क्षेत्रबाट लाभ रहनेछ ।
वृषविद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला ।
मिथुनधर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।
कर्कटसाथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला ।
सिंहदबाब र तनाव बढेको महसुस हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । खर्चसमेत बढ्ने योग छ, तर प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ ।
कन्याशुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमिबाटपनि लाभ रहला ।
तुलारमाइलो यात्रा रहला । आकस्मिक धन लाभ हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुखपनि मिल्नेछ ।
वृश्चिकसमाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।
धनुचोटपटकको भयछ सचेत रहनुहोला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला, तर व्यापारमा भने धनलाभ हुनेछ ।
मकरश्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
कुम्भउन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूकालागि दिन फलदायी रहनेछ ।
मीनविपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । प्रेम सम्बन्ध कसिलो होला ।








