नेपाल विजनेश कलेजले नयाँ विद्यार्थीलाई यसरी गर्यो ‘वेलकम’

  

मंसिर ९, विराटनगर । नेपाल विजनेश कलेजले नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । बीबीएका लागि नयाँ भर्ना भएका पाँचौ ब्याच तथा एमबीएमा भर्ना भएका चौथो ब्याचमा अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत गरीएको हो । 

कलेजका अध्यक्ष डा. भेषप्रसाद धमलाको अध्यक्षतामा आईतबार आयोजना भएको उक्त स्वागत कार्यक्रममा कलेजको विविध विषयमा जानकारी गराइएको थियो । उक्त कलेजमा बीबीएमा ५० जना र एमबीएमा ३१ जना विद्यार्थी भर्ना भएका  छन् । 

उक्त कार्यक्रमा कलेजका प्रवन्धक निर्देशक दिपक कोईराला, एकेडेमी निर्देशक प्रा.डा. वेदराज आचार्य र फेकल्टी इन्चार्ज आशिष पण्डेले नयाँ विद्यार्थीहरुको स्वागत  साथै शुभकामना व्यक्त गर्दै थप शैक्षिक गुणस्तर विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । 

सोही अवसरमा कलेजमा भर्ना भएका नयाँ विद्यार्थीका लागि मिस्टर एण्ड मिस फ्रेशर प्रतियोगिता समेत आयोजना गरेको थियो । मिस्टर फ्रेशरको उपाधि नियम श्रेष्ठ तथा मिस फ्रेशरको उपाधि प्रनिता रेग्मीले हात पारेकी छिन् । कलेजमा ३६ जना कोटा रहेकोमा ३० जना विद्यार्थी भर्ना भएको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eleven =