यी लक्षणहरुलाई बेवास्ता गर्दा हुन्छ हैँ क्यान्सर ! (उपचार सहित)

कार्तिक १९ । पेटमा कुनै पनि कोष असामान्य र अनियन्त्रित तरिकाबाट बढ्नुलाई सजिलो भाषामा पेटको क्यान्सर भनिन्छ । यो पेटको भित्रिपत्रमा फैलिदै विस्तारै पेटको बाहिरी पत्रमा पनि आँउछ । त्यसैले धेरै जसो बिरामीलाई सुरुवातमा पेटको क्यान्सर भएको थाहा नै हुँदैन । 

यी लक्षणहरुलाई बेवास्ता नगरौंः 

पेटको क्यान्सरको लक्षण सुरुवाती अवस्थामा छिट्टै अगाडि आँउदैन् । यसको लक्षण धेरै हदसम्म अल्सर र पेटको अन्य रोगको जस्तो हुन्छ । त्यसैले यी लक्षणहरु प्रकट हुनाले सजग हुनुपर्छ 

Image result for क्यान्सर

१) धेरै जसो अपचको समस्या भएमा 

२) पेटमा धेरैजसो दुखाई महसुस भएमा 

३) भोकको कमी महसुस हुने 

४) कालो रंगको दिसा आएमा 

५) खाना खानसाथ उल्टी भएमा 

६) तौल कम हुँदै गएमा 

७) रगतको कमी (एनिमिया) भएमा 

यसको उपचार 

यदी समय बाँकी छदैँ यो समस्याहरुमा सुधार भएन भने ग्यास्ट्रोलोजिस्ट विशेषज्ञसँग परामर्श लिन ढिलो गर्नुहुँदैन । विशेषज्ञ डाक्टरले क्यान्सरको शंका भएमा इन्डेस्कोपी गर्छन् । यसले क्यान्सर भएको वा नभएको जानकारी मिल्छ । सुरुवाती अवस्थामा पेटको क्यान्सर पत्ता लाग्यो भने अपरेसन विना इन्डोस्कोपिक विधिबाट उपचार गर्न सकिन्छ । 

क्यान्सर पत्ता लागेपछि इन्डोस्कोपिक सर्जन अल्ट्रासाउन्ड (इएसयु)को माध्यमबाट बिरामीको अवस्थाको बारेमा जानकारी हासिल गर्न सकिन्छ । 

यसपछि इन्डोस्कोपिक सर्जनले पेटको क्यान्सर ग्रस्त भागलाई अपरेसनको माध्यमबाट बाहिर निकालिदिने छन् । यो प्रक्रियामा इन्डोस्कोप र अन्य उपकरणको मद्धतबाट क्यान्सर टिस्युलाई पाचनतन्त्रबाट हटाइन्छ । 

यो प्रक्रियाको फाइदा 

यस प्रक्रियाबाट बिना अपरेसन क्यान्सरको बारेमा गहन जानकारी हासिल गरेर उपचार गर्न सकिन्छ । सिटीस्क्यान र एक्सरे मा जस्तो यसमा रेडियसन हुँदैन । 

इएसयु र पारम्परिक एन्डोस्कोपीमा फरक 

पारम्परिक इन्डोस्कोपीमा डाक्टर र सर्जनले रोगीको पेटको सबैभन्दा पछाडिको पत्रमात्रै देख्न सक्छन् तर विशेषज्ञ डाक्टरले इएसयुले पेटको सबै पत्रहरु देखाउन मद्धत गर्छ । यसको अलावा पेटको बाहिरको अंग पनि धेरै राम्रोसँग देख्न सक्छ । 

इएसयु प्रक्रिया अल्ट्रासाउन्ड र एन्डोस्कोपी विधिको मेल हो । पेटको क्यान्सरको डायग्नोसिस गरेर यस प्रक्रियाद्धारा सजिलो र प्रभावकारी उपचार सम्भव छ । 

सजग हुन जरुरी छ 

पेटको क्यान्सर भएपछि यसको छिटो पत्ता लगाएर उपचार गर्न जरुरी छ । धेरै जसो पेटको क्यान्सरको रोगी धेरै जटिल अवस्था सम्म पुगेपछि रोगी उपचारको लागि डाक्टरकोमा जान्छन् र सिमित विकल्पको कारणले उपचार गर्न मुश्किल हुन्छ । 

त्यसैले बिरामीलाई समय रहदै पेटको क्यान्सर भएको थाहा हुन जरुरी छ । यदी उच्च प्रविधियुक्त इन्डास्कोपिक अल्ट्रासाउन्ड मेसिन पर्याप्त मात्रामा उपलब्ध भएमा पेटको क्यान्सर लागेर मानिसको मृत्यु हुने दर कम हुनसक्छ । 

किनभने यसबाट बिरामीलाई छिट्टै रोगको अवस्थाको बारेमा थाहा हुन्छ र समय छदैं विशेषज्ञ डाक्टरले त्यसको उपचार बिना अपरेशन गर्न सक्छन् । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *