गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ

मंसिर ३, बागलुङ । बागलुङमा गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ गरेका छन् । बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेको प्रहरीले जनाएको छ । 

साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान पक्राउ परेका छन् । 

प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले पक्राउ परेका चारै जनाविरुद्व पशुसम्बन्धी कसुरअन्तर्गत गाई, गोरु मार्न वा कुट्न नहुने शीर्षकमा मुद्दा दर्ता गरिएको जानकारी दिए । 

null

चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानसमेत भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =