अचम्म अब दिसापिसाबबाटै धनी कि गरीब थाहा हुने

मंसिर ८ ।  तपाईंको आर्थिक सामाजिक हैसियत कस्तो छ ? आफूलाई माथिल्लो हैसियतको देखाउने देखावटी प्रयत्न त गर्नुभएको छैन ? यदि त्यस्तो गर्ने प्रयत्न गर्दै हुनुहुन्छ भने छाड्नुहोस् । किनकी अब तपाइँको बाहिरी देखावटीले होइन दिसापिसाबबाटै तपाईंको आर्थिक सामाजिक स्तर पत्ता लगाउन सकिनेछ । 

सुन्दैमा अनौठो लाग्न सक्दछ । तर अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयको प्रयोगकशालामा वैज्ञानिकहरु अहिले यस्तै एउटा प्रयोगमा घोत्लिरहेका छन् । उक्त प्रयोगशालामा केही असामान्य नमूनाहरुको संकलन गरिँदैछ । अष्ट्रेलियाको कूल जनसंख्याको २० प्रतिशत मानिसको मलमूत्रको नमूना त्यहाँ संकलन गरिएको हो । 

देशभरका ढल प्रशोधन केन्द्रहरुबाट नमूना संकलन गरी त्यसलाई चिस्याएर विश्वविद्यालयका शोधकर्ताहरुलाई पठाइएको छ । ती नूमनाहरुलाई अस्ट्रेलियाका विभिन्न समुदायका जनताको आहार, जिवनशैली तथा सेवन गर्ने औषधिको आनीबानीका बारेमा जानकारी प्राप्त गर्ने अचूक अस्त्र मानिएको छ । 

Image result for पिसाब फेर्नु

ती नमूनाहरु मध्ये सामाजिक आर्थिकरुपले सम्पन्न इलाकाहरुबाट संकलित दिसापिसाबको परीक्षणका क्रममा सम्पन्नशाली इलाका बस्ने मानिसहरुले पर्याप्त मात्रामा फाइबर, अमिला फलफूल तथा चिया कफी सेवन गर्ने गरेको देखिएको छ । शोधकर्ताका अनुसार धनी समुदायका मानिसहरुको आहारा बढी स्वस्थ हुने गरेको छ । 

शोधकर्ताहरुका अनुसार यसरी मानिसको मलमूत्रबाटै उसले गर्ने भोजन र अन्ततः उसको सामाजिक आर्थिक अवस्थाको बारेमा पत्ता लगाउन सकिन्छ । जस अनुसार धनी मानिसहरुको सहुदायमा खानामा फाइबरका साथै अमिला फलफूलहरुको खपत धेरै हुन्छ । उच्च आर्थिक सामाजिक हैसियत भएका समुदायमा चियाकफीको सेवन पनि उच्च हुने गरेको दिसाको परीक्षणबाट पत्ता लागेको छ । 

अर्को अध्ययनले के देखाएको छ भने स्नातक वा त्यो भन्दा माथिल्लो डिग्री हासिल गरेका मान्छेहरुले एस्प्रेसो वा ग्राउण्ड कफी बारम्बार सेवन गर्ने गर्दछन् । शोधकर्ताका अनुसार दिनहुँ कफी पिउँदा लाग्ने खर्च गर्ने क्षमताका साथै धनी अष्ट्रेलियालीहरुमा कफी पिउने संस्कृति दुबैको परिणाम हो यो । 

त्यस्तै सामाजिक आर्थिक हिसाबले निम्न वर्गका मानिसहरुले दुखाई कम गर्ने औषधि ट्रामाडोल, उच्च रक्तचापको औषधि एटेनोल तथा प्रेगेबलिन जस्ता औषधिको खपत बढी गर्ने गरेको पाइएको छ । यी औषधिहरुको खपत बढी उमेरका तथा गरीब समुदायका मानिसमा बढी हुने गरेको छ । 

दिसापिसाब परीक्षणको यो नतिजाले असट्रेलियामा अहिले पनि आर्थिक सामाजिक असमानता रहेको देखाएको छ । यसअघि सन् २०१८ को एक अध्ययनले ओइसिडी देशहरुमध्ये अष्ट्रेलियामा धनी र गरीब बीचको खाडल बढी रहेको देखाएको थियो । बीबीसी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =