नेपाल क्लियरिङ्ग हाउसले ३८ प्रतिशत बोनस शेयर वितरण गर्ने

कात्तिक २६, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ३८ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ । आफ्नो आठाैं वार्षिक साधारण सभा सम्पन्न गर्दै क्लियरिङ्ग हाउसले कम्पनीको चुक्ता पूँजी २१.६ करोड रहेकोमा ३८ प्रतिशत बोनस शेयर वितरण गरी २९.८ करोड पुर्याउने निर्णय गरेको हो ।   

साथै बोनस शेयर ट्याक्स प्रयोजनका निम्ती २ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको अधिकृत पूँजी पनि वृद्धि गरी ५० करोड पुर्याइने निर्णय गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा कम्पनीले खुद नाफा २३ करोड 

कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ ।  नेपाल राष्ट्र बैंकको नियमअनुसार नेपाल भित्र कार्य गर्ने भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) को चुक्ता पुँजी कम्तिमा १० करोड तथा नेपाल बाहिर कार्य गर्नका लागी २५ करोड रहनु पर्ने ब्यवस्था छ । 

आ.व. २०७५/७६मा एनसिएचएल–इसिसिमार्फत कुल ११,७५५,०७२ चेक राफसाफ भएको थियो भने अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीबाट ४,९३१,९५० तथा connectIPS e-Payment प्रणालीमार्फत १८६,०४१ भुक्तानी कारोबारहरु भएको थियो ।   

कम्पनीले आफ्नो भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७५/७६ मा कुल ९२ खर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ गरेकोमा दैनिक औसत कारोवार ६७,४७९ रहेको थियो जुन औसत दैनिक रकम रु.३६.८५ अर्ब रहेको थियो ।   

हाल ८० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५,००३ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा २२ गैर–बैंकिङ संस्थाहरु Indirect/Technical Member को रुपमा आवद्ध छन् । 

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, नेपाल राष्ट्र बैंक (१० प्रतिशत), बैंक तथा वित्तीय संस्थाहरु (८० प्रतिशत) र स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लि. (१० प्रतिशत) द्वारा प्रवद्र्धित कम्पनी हो ।  यसले नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना र विस्तार गर्नुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, पिएसओ, पिएसपि, सरकारी तथा गैर सरकारी निकायहरुलाई भुक्तानी प्रणालीका सेवाहरु प्रदान गर्दै आएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nine =